लागुऔषध कारोबारमा संलग्न आरोपमा अमरसिंहबाट एबिन पुन पक्राउ
तनहुँ | चैत ५, २०८०
तनहुँ: लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्कीको अमरसिंहबाट एक जनालाई पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेपछि उक्त कारोबारमा संलग्न देखिएपछि म्याग्दी मालिका गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–१४ बस्ने २३ वर्षीय एबिन पुनलाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग.१ ख ९६१९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध डाइजापाम २० एम्पुल, फेनारगन २० एम्पुल, बु्रफोनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने १७ वर्षीय किशोरलाई फक्राउ गरेको थियो ।
त्यसपछि अनुसन्धानको क्रममा एबिन पुनकोसमेत संलग्नता रहेको पुष्टि भएपछि पुनलाई पोखराको अमरसिंहबाट कास्की प्रहरीको समन्वयमा हिजो (आइतबार) पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

